Sunday, October 9, 2016

खुकुरी प्रहारबाट एक युवक घाइते


मोरङ, असोज २३ गते।
मोरङको केराबारीमा आइतबार दिउँसो भाईलाई झापड हिर्काएको निहुँमा एक युवकमाथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट केराबारी-६ डांगीका होम बहादुर घिमिरे घाइते भएका छन। घिमिरेले सोही ठाउँका १७ वर्षिय तेजु गिरी झापडले हिर्काएपछि विवाद शुरु हुँदा गिरीका दाजु राजु गिरीले घिमिरेमाथी खुकुरी प्रहार गरेका थिए। गर्दनमा खुकुरी लागेको घिमिरेलाई उपचारकालागी विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ खुकुरी प्रहार गर्ने गिरी फरार भएका छन्।

Tuesday, September 20, 2016

पूर्वक्षेत्र सहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । मध्य क्षेत्रमा बनेको न्यूनचापिय रेखा तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले विराटनगरसहित पूर्वी क्षेत्र देशभरि नै मंगलबार रातिदेखि नै झरी परेको छ । मौसमविद  विभूति पोख्रेलका अनुसार अहिले काठमाडौं उपत्यकासहित ताप्लेजुङ, ओखलढुंगा, सिमरा, धनकुटा आसपासका क्षेत्रमा पानी परिरहेको छ । मध्य तथा पश्चिमका केही ठाउँमा बनेको बादल पूर्व्तिर सरेकाले मध्य र पूर्वमा तत्काल मौसम खुल्ने सम्भावना नभएको उहाँले बताउनुभयो । दिउँसोपछि एकैछिन खुलेपनि बेलुका फेरि चट्याङसहित पानी पर्ने मौसमविद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व र मध्यमा झरी परेपनि पश्चिम नेपालको मौसम भने आशिंक बदली मात्र हुनेछ । पानी परिहाले पोखरा, भैरहवा र दाङ आसपासमा पर्नेछ । शुक्रबारदेखि मौसम सुधार हुने मौसमविदले अनुमान गरेका छन् ।